२०८० फाल्गुन १५ मंगलवार

उपकार सेवा नेपालद्वारा बृद्ध आश्रमलाई आवश्यक सामाग्री सहयोग

वीरगञ्ज – उपकार सेवा नेपालले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिएको छ । पछिल्लो समय आवस्यकता अनुसार कम्बल, पंखा, व्हिलचेयर, लगायत विभिन्न सामानहरु उपलब्ध गराउदै आएको संस्थाले आज आश्रमलाई सहयोग गरेको छ ।

पर्सा जिल्लाको ठोरी गाउपालिका वडा नम्बर १ भगवान नगर स्थित बृद्ध आश्रममा आज ( शनिबार ) नेपालले एक कार्यक्रमको आयोजना गरि आश्रममा आश्रीतहरुका लागि विभिन्न सामाग्री सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले बताए ।

फाइबरको सिरक २५ थान, दाल, चमल, लटकपड़ा, सर्फ, साबुन, नून, तेल, टूथ ब्रस, टूथ पेस्ट, बिस्कुट, सेव लगायत खाद्यान्न सामाग्री आश्रमका संयोजक आश बहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।

मानवीय कार्यमा उल्लेखनीय सहभागीता र सहयोग गर्ने उपकार सेवा नेपाल परिवार र संस्था कि अध्यक्ष विधा सरावगीलाई धन्यवाद दिदै आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको आश्रमका संयोजक गुरुङले बताए ।

२०७९ माघ २८, शनिबार १९:२० गते 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार