२०८० आश्विन ६ शनिबार

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने

काठमाडौं – हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने भएको छ। दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। 

दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए। हिमालयनले सिभिललाई १००:८०.२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको सेयर कित्ता घट्नेछ।

जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो । डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन्। यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

२०७९ फाल्गुन २, मंगलवार १८:११ गते 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार