२०८० फाल्गुन १० बिहीबार

नागरिकता विधेयक रोके सडक संघर्ष गर्ने पूर्व मन्त्री यादवको चेतावनी

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनैपनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन् । उनले आवाजबिहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न गर्नुभयो । उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे । उनले कुनैपनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिए ।

उनले भने, ‘यो न्यायको मन्दिर हो । आवाजबिहीनको आवाज कसले सुनिदिने ? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरु । उनीहरुको लागि न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि । यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय । जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ ? बाबु र आमा नेपाली नागरिक हुँदा हुँदै पनि आज नागरिकता बिना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन २ वटैमा संघर्ष गर्छ ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताएका छन् ।

२०७९ फाल्गुन ३, बुधबार १४:१३ गते 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार