२०८० फाल्गुन १५ मंगलवार

मिस नेपाल २०२३ को अडिसन शुक्रबार वीरगञ्जमा हुने

वीरगञ्ज – मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगञ्जमा यहि शुक्रबार बिहान हुने भएको छ ।

वीरगञ्ज स्थित होटेल भिस्वामा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिइएको हो । द हिडन ट्रियजर मिस नेपाल २०२३ को बिहिबार अभिमूखीकरण र शुक्रबार अडिसन हुने भएको हो । मिस नेपाल प्रतियोगीताको अडिसन ७ वटै प्रदेशमा हुने बताईएको छ ।

द हिडन ट्रियजरले मिस नेपाल ०२३ को आवेदन यहि चैत्र १ सम्म खुला रहने जनाएको छ । आवेदनका लागि १८ देखि २७ वर्षका अविवाहित महिला हुनुपर्ने, महिलाको न्यूनतम ५ फिट ३ इन्च उचाइ, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रियजरका प्रमोद कंसकारले बताए ।

आवेदन फारम निशुल्क रहेको उनको भनाई छ । प्रतियोगिताबाट तीन मुख्य विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहने उनले बताए ।

काठमाडौं, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसनहरु मार्च १५ भित्र सम्पन्न गरिने उनले जानकारी दिए ।

प्रतियोगीलाई उत्कृष्ट प्रशिक्षकहरूले दुई महिना तालिम सञ्चालन गरिने कंसकारले बताए । पत्रकार सम्मेलनमा मिस नेपाल अर्थ डा.सरिशा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र वीरगंज क्षेत्रका रिजलन कोअर्डिनेटर आयुश गुप्ताको सहभागिता रहेको थियो ।

२०७९ फाल्गुन ३, बुधबार २०:२४ गते 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार