२०८० आश्विन ५ शुक्रबार

अन्तर्राष्ट्रियस्तरको पूर्व प्राथमिक विद्यालय लिटल बड्डीमा भर्ना सुरु

वीरगञ्ज – वीरगञ्जको पानीट्याङ्कीमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय लिटल बड्डीमा भर्ना खुलेको छ । नेपालसहित विश्वभरी १० वटा देशमा शाखा रहेको लिटल बड्डी इन्टरनेशनल प्रिस्कुल वीरगञ्जस्थित शाखामा भर्ना खुलेको हो ।

विद्यार्थीहरुको जग बलियो बनाउने र व्यावहारिक सिकाईमा जोड दिने अभिप्रायले वीरगञ्जमा स्थापित प्रीस्कूलमा माघ १२ गते देखि भर्ना खुलेको सञ्चालकले जनाएका छन् ।

प्रिस्कुलमा सयुँक्त अधिराज्य (यूके) को पाठ्यक्रममा आधारित पठनपाठन गराइनेछ । विद्यार्थीहरुलाई पिट्ने, डराउने र कराउने जस्ता गतिविधिबाट टाढै राखेर खेल्दै रमाउँदै पनि सिकाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने योजना प्रिस्कुल परिवारको छ ।   प्रधान कार्यालय लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रिस्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । नेपालको मकवानपुर जिल्लामा विगत ३ वर्षदेखि शाखा सञ्चालनमा छ ।प्रीस्कूलका शिक्षक तथा कर्मचारीलाई भारतसहित अन्य देशमा लगेर  अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत तालिम दिइएको छ ।  

विद्यार्थीहरुलाई २ पटक स्वास्थ्यबद्र्धक खाजाको व्यवस्थासहित अभिभावकले सिसिटीभि क्यामरामार्फत घरैबाट विद्यार्थीको निगरानी गर्न सकिने व्यवस्था पनि रहेको प्रीस्कूल वीरगञ्ज शाखाका प्रमुख विजयकुमार बल बताए ।

२०७९ फाल्गुन ४, बिहीबार १८:१९ गते 1 Minute 375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार