२०८० फाल्गुन १५ मंगलवार

पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई पक्राउ गरेको हो ।

हिजो साँझ ७:१५ बजे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई शंकास्पद रुपले हिडिँरहेको देख्दा चेकँजाच गरेको थियो । ठकुरीको साथबाट शरिरमा सेतो टेपले बेरी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, नुरफिन र फेनारगन १५÷१५ एम्पुल गरि जम्मा ४५ एम्पुल, नाईट्राजिपाम ट्याब्लेट २८ पत्तामा जम्मा २ सय ८० ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी नायव उपरिक्षक प्रवक्ता दिपक गिरीले बताए ।

२०७९ फाल्गुन ५, शुक्रबार १२:४५ गते 1 Minute 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार