
वीरगञ्ज – पर्साको पोखरियामा शनिबार देखि सुरु भएको अन्तर नगर कर्मचारी क्रिकेट प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाले विजयी शुरुवात गरेको छ ।शनिबार भएको पहिलो खेलमा जगरनाथपुर गाउँपालिकालाई ५ विकेटले पराजित गर्दै वीरगञ्ज महानगरले विजयी शुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको जगरनाथपुरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १०९ रन जोडेको थियो ।११० रनको लक्ष्य वीरगञ्जले ५ विकेटको क्षतिमा भेट्टाएको हो ।वीरगञ्जको जितमा रुपनारायण राउतले अविजित ४० रनको योगदान दिए ।
सक्सेस प्रिप्रेशन ईन्स्टिच्युट वीरगञ्जले आयोजना गरेको प्रतियोगितामा पर्साका ८ पालिकाका कर्मचारीहरुको टिमले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते मंगलबार हुनेछ ।कामबाट थकित भएका कर्मचारीलाई रिफ्रेस बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।