२०८० आश्विन ५ शुक्रबार

खो खो मा वीरगञ्ज महानगरको विजयी सुरुवात

वीरगञ्ज – भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन शनिबार बिहान भएको खेलमा बनेपा नगरपालिकालाई हराउँदै वीरगञ्ज महानगरले विजयी सुरुवात गरेको हो ।

वीरगञ्ज महानगरले बनेपालाई २३-४ को सोझो सेटमा हराउँदै जित हात पारेको वीरगञ्ज महानगर टिमका  लिडर अमित अग्रवालले जानकारी दिए ।

विजयी सुरुवात गरेको वीरगञ्ज महानगरले आजै दिउँसो भक्तपुर नगरपालिका ‘वी’ सँग प्रतिष्पर्धा गर्दै छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि जारी प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिम प्रतिस्पर्धामा छन् ।

२०७९ फाल्गुन ६, शनिबार १३:३९ गते 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार