
वीरगञ्ज – नेपाली सेना दिवस वीरगञ्जमा पनि मनाइएको छ । वीरगञ्जको श्रीपूर स्थित श्रीजंग गणले २ सय ६० औँ स्थापना दिवस फोटो एवम् बृतचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाएको हो ।
नेपाली सेना श्रीजंग गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्कीको अध्यक्षतामा वीरगञ्जको आदर्शनगरस्थित पूराना बसपार्कमा विविध कार्यक्रम गरेर दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाली सेनाले देश र जनताको लागि गरेका कामहरुको फोटो प्रदर्शनी र वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । नेपाली सेनाका कलाकारसँगै गौतम मावि तथा नेपाली सेनाबाट तालिम प्राप्त राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले राष्ट्र र राष्ट्रियता झल्किने गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका निमित प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, प्रहरी उपरीक्षक कोमल शाह, डाक्टर निरज सिंह, महेश सिंह धामी, ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान लगायतको उपस्थिती रहेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।