२०८० आश्विन ६ शनिबार

तस्करीको सामान बोकेको आशंकामा ट्रक र ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज – वीरगञ्जमा प्रहरीले भन्सार छलेर ल्याइएकाो सामान लोड रहेको आशंकामा दुइ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंबर २५ सिर्सियाबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा ती दुवै ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

बरामद गरिएको सामान सहितको ट्रक र ट्याक्टरको मुल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र ट्याक्टर अनुसन्धान तथा कारबाहीका लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए ।

२०७९ फाल्गुन ८, सोमबार १८:४० गते 1 Minute 2499 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार