
वीरगञ्ज – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत नागरिकलाई सचेत बनाउन केन्द्रले जनचेतनामुलक सन्देश लेखिएका पर्चा तथा पम्पलेट वितरण गरेको छ ।
सामुदायिक सेवा केन्द्र श्रीपुरका बरिष्ठ सल्लाहकार पुरुषोत्तम दुवेको अध्यक्षतामा सर्वसाधारण, पैदल यात्रु, व्यवसायी एवम् साना तथा ठूला सवारी चालकहरुलाई १ सय ५१ पिस पर्चा पम्पलेट वितरण गरिएको केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक दिपेन्द्र बहादुर मल्लले ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए । वीरगञ्जको राधेमाईस्थित साउथ जोन माविका विद्यार्थीहरुले पनि सन्देशमुलक पर्चा पम्पलेट वितरण गर्दै नागरिकलाई जागरुप बनाएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।