२०८० आश्विन ५ शुक्रबार

वीरगञ्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर गने र फाल्नेलाई कारबाही गरेको जरिवाना बापत उनिहरुबाट अहिले सम्म १ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले पुस १७ देखि सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको हो ।

अहिलेसम्म विभिन्न व्याक्ति, कार्यालय र संस्था गरि ५ दर्जन भन्दा बढिलाई काराबाही गरि जरिवाना नै तिराइएको महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । उनका अनुसार घर वा कार्यालय भित्रको फोहोर सडक वा सडकपेटीमा फाल्नेलाई ५ हजार देखि ११ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । कारबाहीमा परिसकेकाहरुले अटेरी गरि फेरि सडकमा फोहोर फालेमा २ लाख रुपैयाँसम्म जरिवाना गर्ने योजना रहेको पनि उनले सुनाए ।

सडकमा फोहोर फालेको कसुरमा कारबाहीमा पर्नेमा बैंक तथा वित्तीय संस्था, संघसंस्था, पसल तथा व्यापारिक प्रतिष्ठान, पार्टी प्यालेस र घरधनी समेत रहेका छन् ।

सरसफाइ महाशाखाका प्रमुख मियाँका अनुसार कार्यालय तथा व्यापारिक प्रतिष्ठानले बिहान ९ देखि १० बजेसम्म आ–आफ्नो कार्यालयबाट निस्कने फोहोर मूख्य सडकमै ल्याएर फाल्ने गर्थे । त्यसका कारण महानगरले सबै वडा तथा क्षेत्रमा बिहान, अपराहन्न र साँझ गरि दिनको तीन पटक फोहोर संकलन गर्ने निश्चित समय निर्धारण गरेको छ । उक्त समयमा महानगरको ट्याक्टर साइरन बजाउँदै हिड्ने गरेको छ भने साना तथा साँघुरा गल्लीहरुमा बिहानको समयमा फोहोर संकलन गर्ने ठेला महानगरले पठाउने गरेको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमाान सिंहले सहरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियान नै महानगरपाालिकाले थालेकाले यो अभियानलाई सफल बनाउने दायित्व हरेक नगरवासीको भएको बताए ।

आफनो घरआँगन, सडक र टोल सफा र स्वच्छ राख्नु पर्ने चेतना नगरवासीमा नभइसकेको देख्दा दुःख लागेको भन्दै उनले महानगरले कसैलाई दुःख दिनका लागि नभइ सहरलाई स्वच्छ र सफा बनाउन कारबाहीको अभियान चलाउनु पर्ने बाध्यता भएको बताए ।

अब मेनरोड मात्र नभइ सहरका साना टोल र गल्लीहरुमा पनि सडकमा फोहोर फाल्नेहरुलाई पनि आर्थिक जरिवाना सहितको कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

२०७९ फाल्गुन ९, मंगलवार १९:३९ गते 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार