२०८० आश्विन ६ शनिबार

सबैले आफ्नो ठाउँबाट खबरदारी गरौं :- महानगर प्रमुख सिंह

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो ठाउँबाट खबरदारी गरिरहन सबैलाई आग्रह गर्नु भएको छ ।

वीरगञ्जको लिंक रोडमा रहेको काभेरी एकेडेमीको ८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । सहीलाई सही र गलतलाई गलत भयो भनेर आवाज  उठाउँदै खबरदारी गर्न उहाँले आग्रह गर्नु भएको हो ।

‘गलत गर्दा गलत गरिस यसरी सुधार गर भन्नुपर्यो, खबरदारी गर्नुपर्यो,’ उहाँले भन्नु भयो, ‘सही गर्दा साथ र सपोर्ट गर्नु पर्यो, हौसला दिनुपर्यो ।’ वीरगञ्जलाई सफा र स्वच्छ बनाउन अहिले अभियान नै अघि बढाइएको भन्दै उहाँले त्यसका लागि जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई सुधारेर नगर सफा गर्ने अभियानमा साथ दिन आग्रह गर्नु भयो ।

विद्यालयका सञ्चालक विशाल साहुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सनका राहुल श्रीवास्तव, संचारकर्मी युवराज खड्का, विद्यालयका ओजस तुल्स्यान, दिलिप कार्की लगायतको सहभागिता रहेको थियो ।

२०७९ फाल्गुन १३, शनिबार १४:३५ गते 1 Minute 2299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार