२०८० आश्विन ६ शनिबार

वीरगञ्ज महानगरपालिकाले बजार अनुमगनलाई अझै तिब्रता दिने निर्णय

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै चाडर्वहरु (होली) नजिकिदै गर्दा अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अहिले भइरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएमा सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ ।

वीरगञ्ज महानगर कार्यालयमा बसेकाे बैठकमा वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटी, वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिन लाल कर्ण, नगरपालिका कर्मचारी नेहा मिश्राका साथै सरोकारवाला संघसंस्था र सम्बन्धित निकायका प्रतिनिधीहरुको सहभागिता रहेकाे थियाे ।

२०७९ फाल्गुन १५, सोमबार ००:११ गते 1 Minute 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार