२०८० आश्विन ५ शुक्रबार

माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले चल्यो डोजर

वीरगञ्ज –  वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियानलाई अझ तिब्र पारेको छ ।

महानगरले नाला , सडक पेटी , पार्क लगाएतका सार्वजनिक स्थल र जग्गा अतिक्रमण गरि बनाइएका भौतिक संरचनाको निस्सा महानगरपालिकाको कार्यालयमा दुइ दिनभित्रमा पेश गर्न निर्देशन सहितको सार्वजनिक सुचना गत कात्तिक १५ मा जारी गरेको थियो ।उक्त सूचनामा महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न आग्रह पनि गरेको थियो ।तर उक्त निर्देशनलाई अटेर गरिएपछि गत कातिक तेश्रो साता देखि महानगरले त्यस्ता अवैध संरचनाहरु भत्काएर हटाउन शुरु गरेको थियो ।

यसैक्रमा मंगलबार पनि वीरगञ्ज महानगरले आदर्शनगर स्थित माइराम पोखरीको जग्गा अतिक्तमण गरि बनाइएका पक्की घरहरु डोजरले भत्काएर खाली गराएको छ ।पोखरीले चर्चेको ५ वटा पक्की घरहरु डोजरले भत्काएर खाली गराइएको मेयर राजेशमान सिंहले बताए ।

माइराम पोखरीको जग्गामा निर्मित चिल्ड्रेन पार्कको पुर्व तिर बनाइएका ५ वटा पक्की घरहरु मंगलबार डोजर लगाएर भत्काइएको उनले बताए । पोखरीले चर्चेको जग्गामा अतिक्रमण गरि बनाइएका अन्य संरचनाहरु पनि हटाउने उनले बताए ।

२०२२ सालको नापीमा आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि माइराम पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको देखिन्छ । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि अहिले पोखरी खुम्चिएर १८ कट्ठामा मात्रै समेटिन पुगेको छ । त्यहि जग्गामा यसअघिका मेयर विजय सरावगीको पालामा महानगरले चिल्ड्रेन पार्क निर्माण गरेको थियो ।

मेयर सिंहले महानगरका निस्सा वा प्रमाण देखाउन नसकेका महानगरका अन्यस्थानका पनि सबै संंरचनाहरु भत्काएर हटाइने बताए ।

वीरगञ्ज महानगरले नालाहरु अतिक्रमण गरि बनेका संरचनाहरु पनि ७ दिन भित्र हटाउन फागुन २ गते सूचना जारी गरिसकेको छ ।उक्त सूचनाको म्याद पनि कटिसकेकाले नाला ममाथि बनाइएका सिढी, र्याम्प, छेकवार लगायतका संरचनाहरु पनि महानगर आफैले भत्काएर हटाउने र त्यसमा लागेको खर्च पनि सम्बन्धित व्यक्तिबाटै असूल गर्ने मेयर सिंहले बताए ।

अहिले महानगरपालिकाले अतिक्रमति भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेकाले महानगर भित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउन थालिएको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिका संयोजक प्रदीप कुमार चौरसियाले बताए ।

२०७९ फाल्गुन १६, मंगलवार १९:३६ गते 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार