२०८० आश्विन ६ शनिबार

लागु औषधको सेवनबाट सन्तानलाई जोगाउन अभिभावक सचेत हुनुपर्छ : उपमेयर आलम

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको मोडेल कलेजमा बुधबार लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले लागुऔषध ओसार पोसार तथा लागुऔषध सेवनको कुलतमा आफना सन्तानलाई फस्न नदिन अभिभाभवकहरु सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी विधार्थीहरुलाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटी र मनिषा लौडरीले लाई लागु औषधको सेवनले हुने हानी , यसको सेवन र कारोबार गर्ने विरुद्ध हुने कारबाहीका बारेमा जानकारी गराएका थिए ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंबर २ का वडाध्यक्ष मोहम्मद रेयाज मिया तेली,वडा नंबर ३ का वडाध्यक्ष बैजु स्वर्णकार, संस्थाका वरिष्ठ उपाध्यक्ष अब्दुल हक , सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, अब्दुल कैश मिया तेली,अरुण कुमार गोयल लगायतको पनि सहभागीता थियो ।

२०७९ फाल्गुन १७, बुधबार १६:११ गते 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार