२०८० आश्विन ५ शुक्रबार

अपहरण तथा चोरी मुद्धामा ३ वर्ष देखि फरार व्यक्ति पक्राउ

वीरगञ्ज – अपहरण तथा शरीर बन्धक एवं जवरजस्ती चोरी मुद्धामा सजाय पाएर ३ वर्ष देखि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गराएको छ । पर्सा जिल्ला अदालतले २०७६/३/१० मा र उच्च अदालतले सोही महिनाको १९ गते बीरगञ्ज ११ का नागेन्द्र प्रसाद महतोलाई दोषि ठहर गर्दै १७ लाख ८३ हजार २४३ रुपैयाँ जरिबाना हुने फैसला दिएको थियो ।

अदालतको फैसलापछि फरार रहँदै आएका महतोलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाको नेतृत्वमा सोमबार पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको थियो ।

अदालतमा महतोले पूर्व निर्धारित फैसला बमोजिम जरिबाना रकम बुझाउन नसकेपछि अदालतले १० वर्ष कैदमा राखी जरिबाना असुल उपर गर्न कारागार पठाएको हो ।२०७६ मै फैसला भए पनि अहिले बल्ल कारागार पठाएकाले यही फागुन १५ गतेदेखि लागु हुने गरी १० वर्ष कैद भुक्तान गर्नु पर्ने अदालतले आदेश दिएको हो ।

महतो पार्वती आयल स्टोरका संचालक समेत हुन् । वडा प्रहरी कार्यालय श्रीपुरले अदालतबाट फैसला भएका मुद्धाका फरार प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको छ ।

२०७९ फाल्गुन १८, बिहीबार १४:१९ गते 1 Minute 4084 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार