२०८० फाल्गुन १० बिहीबार

खैरो हिरोइन सहित दुईजना पक्राउ

वीरगञ्ज – प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित दुईजना लाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्राम बस्ने वर्ष २९ को महम्द नायम शेख र जिल्ला गोरखा घार्चे गाउपालिका वडा नं.६ हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ बस्ने वर्ष २४ को सुरेश घले रहेका छन।

वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ संकास्पद रूपमा आई रहेका शेखलाई फेला पारी खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा खैरो हिरोइन ३ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।

लागुऔषधलाई बरामद गरी महमद नायम शेखसंग प्रारम्भिक अनुसन्धान गर्दा सुरेश घलेले मगाएको हुँदा निजलाई दिन जादैँ गरेको भन्ने खुल्न बुझीन आएको हुँदा लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी निज सुरेश घलेलाई समेत पक्राउ गरी पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भैरहेको डीएसपी गिरीले बताए। ।

२०७९ फाल्गुन १८, बिहीबार १४:२५ गते 1 Minute 317 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार