२०८० आश्विन ५ शुक्रबार

वीरगञ्ज ३० मा ९० दिने निशुल्क सिलाईकटाई तालिम सम्पन्न

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा सन्चालित सिलाइ कटाइ सम्बन्धि ३ महिने तालिम बुधबार सम्पन्न भएको छ ।वडा कार्यालयको सहयोगमा डेभलप्मेन्ट समाज पर्साले महिलाहरुका लागि मंसिर १३ गते देखि सन्चालन गरेको ३ महिने तालिम बुधबार सकिएको हो ।

डेभलप्मेन्ट समाज पर्साका अध्यक्ष राहुल कुमार साहको अध्यक्षतामा बुधबार आयोजित तालिमको समापन समारोहमा प्रमुख अतिथी वडाध्यक्ष मनोज कुमार यादवले चुनावमा आफुले गरेका वाचा पुरा गर्न कटिबद्ध भएर लागिरहेको बताए ।

उक्त कार्यक्रममा लालपर्सा स्वस्थ्य चौकीका प्रमुख मेवालाल ठाकुर , वडा कार्यालयका सचिव विनोद यादव , वडा सदस्य पन्नालाल महतो ,जङ्गबहादुर यादव , महिला वडा सदस्य धना देवी , साहेबा खातुन , तालिमका प्रशिक्षक सबिना खातुन ,सहप्रशिक्षक पुजा साह लगायतको पनि उपस्थित रहेको थियो ।

२०७९ फाल्गुन १९, शुक्रबार १३:३९ गते 1 Minute 1095 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार