२०८० आश्विन ६ शनिबार

सुत्केरी महिलाहरुलाई कपडा तथा फलफूल वितरण 

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालको प्रसुती गृहमा रहेका सुत्केरी महिलाहरुलाई विभिन्न सामाग्री वितरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्ब ६ का वडाअध्यक्ष जयप्रकाश अग्रवाल लगायतको समूहले अस्पतालको प्रसुती गृहमा रहेका करिब ५० जना सुत्केरी महिलाहरुलाई बच्चाको कपडा र फलफूल वितरण गरेको हो ।

वडा कार्यालयकै बजेटबाट सञ्चालन गरेको महिला उद्यमी सम्बन्धी तालिममा सहभागीहरुले सिलाएको बच्चाको कपडा सुत्केरी महिलाहरुलाई प्रदान गरिएको वडाअध्यक्ष अग्रवालले जानकारी दिए ।

आमा नेपाल फाउण्डेशनसँगको सहकार्यमा आयोजित तालिममा सहभागी महिलाहरुले सिकेको सिपलाई प्रयोग गरी सिलाएका बच्चाका कपडा, स्याउ, केरा लगायतका फलफूलसँगै जुस वितरण गरिएको फाउण्डेशनकी अध्यक्ष प्रमिता मानन्धरले बताइन् । 

२०७९ फाल्गुन १९, शुक्रबार १७:१८ गते 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार