२०८० फाल्गुन १५ मंगलवार

होली रंग अवीरको पर्व भएकाले उच्छृंखल तरिकाले नभइ सभ्य रुपमा मनाउन उप मेयर आलमको आग्रह

वीरगञ्ज – वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुलमा शुक्रबार होली महोत्सव कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड नेपाल फाउण्डेसन र वेल वीसर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले समता स्कुलमा अध्यनरत कैदीबन्दीका बालबालिकाहरुसंग रंगअबीर खेलेर होली मनाएका छन् ।

बालबालिकासंग होली खेल्दै उपमेयर आलमले होली रंग अबीरको पर्ब भएकाले उच्छृंखल तरिकाले नभइ सभ्य रुपमा मनाउन कार्यक्रममा सहभागीहरुलाइ आग्रह पनि गरे ।

कार्यक्रममा उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

२०७९ फाल्गुन १९, शुक्रबार १७:०४ गते 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार