२०८० फाल्गुन १० बिहीबार

खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ

वीरगञ्ज – कैलालीमा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षका भरत बिक पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

२०७९ फाल्गुन २३, मंगलवार १९:५० गते 0 Minutes 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार