२०८० आश्विन ५ शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्ष टेमानी सर्वसम्मत

वीरगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अध्यक्षमा वीरगञ्जका उद्योगी अशोक टेमानी सर्वसम्मत रुपमा चयन भएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बिहिबार जनकपुरमा सम्पन्न चौथो प्रदेश सभाबाट टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

टेमानी वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघका पनि पूर्व कार्यकारिणी सदस्य एवम् स्थल तथा पारवाहन समितिका सभापति समेत हुन् । इण्डो नेपाल सोसियो इकोनोमिक फोरमका पनि अध्यक्ष रहेका टेमानी लामो समयदेखि उद्योगको क्षेत्रमा सक्रिय छन् । 

चौथो प्रदेश सभाबाट महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठको कार्यकाल समापन भएको छ । कार्यक्रममा उद्योगी अशोक वैद्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता लगायतका उद्योगी एवम् व्यवसायीहरुको उपस्थिती रहेको थियो । 

२०७९ फाल्गुन २५, बिहीबार १७:३९ गते 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार