
काठमाडौं । काठमाडौंबाट भैरहवाको लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ ।
विमानस्थल स्रोतले दिएको जानकारी अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई इन्जिनमा आगो देखिएको भनेर जानकारी गराएका थिए ।
सो जहाजलाई केही समयअगाडि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेको बताइएको छ ।
जहाजमा आगो लागेको सूचना आएपछि विमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।