
वीरगञ्ज – वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन्। स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।
मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएका हुन्।
निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २७२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो। विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका छन्।
आगलागिबाट फर्निचर जलेका छन्। आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेताहरु सुजित गिरी, शिवम साह र मनिष चाैहान गरि ३ जनालाई नियन्त्रणमा लिएको छ। क्याम्पसमा तनाव सिर्जना भएपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।