
वीरगञ्ज – आजादीका अमृत महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वाणिज्य दूतावासको क्षेत्राधिकार अन्तर्गत विभिन्न क्षेत्रका सफल महिलाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
आजादीका अमृत महोत्सव तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा, भारतको महावाणिज्य दूतावास, बीरगंजद्वारा बीरजंगमा शुक्रबार वाणिज्य दूतावासको क्षेत्राधिकार अन्तर्गत विभिन्न क्षेत्रका सफल महिलाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा उपस्थित कन्सुलर जनरल नितेश कुमारले महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिको स्मरण गर्नका साथै विभिन्न क्षेत्रमा रहेको असमानताबारे चेतना जगाउन हरेक वर्ष मार्च ८ का दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने बताए ।
उनले भारत र नेपालका महिलाले विभिन्न क्षेत्रमा हाँसिल गरेको सफलताको प्रशंसा गर्दै अरुका लागि रोल मोडल बन्न आग्रह समेत गरे । कार्यक्रममा कन्सुलर जनरल नितेश कुमारले उत्कृष्ट महिलाहरुलाई सम्मान समेत गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले आफ्नो अनुभव साझा गर्नुका साथै जीवनमा गरेका संघर्षका बारेमा चर्चा समेत गरेका थिए ।
महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्ने र महिलालाई जीवनको हरेक पाइलामा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वाणिज्य दूतावासका सदस्यहरूसहित ५० जना महिलाको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।