२०८० आश्विन ५ शुक्रबार

वीरगञ्जको आर्दशनगरमा रहेको पिन्की गुट्का उद्योगमा सिलबन्दी

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको आर्दशनगरमा रहेको पिन्की गुट्का उद्योगमा सिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि सहित खटिएका पर्सा प्रहरीको टोलीले सो उद्योगको गोदाममा छापामारी सिलबन्दी गरेको हो । वीरगञ्ज–१० आर्दशनगर पछाडि रहेको निरन्जन अग्रवालले संचालन गर्दै आएको उद्योगको गोदाममा बिहिबार साँझ प्रहरीले छापा हानेको थियो ।

उद्योगले भन्सार छली अवैध रुपले ल्याईएका गुट्खा राखेको विशेष सूचनाको आधारमा छापा हानेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो । उहाँले भोली आन्तरिक राजश्व कार्यालय तथा भन्सार कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा चेकँजाच गरिने बताउनुभयो ।

सुचनाको आधारमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गीरीले बताउनु भयो । अनुसन्धान भईरहेको हुनाले अहिले नै सबै कुरा भन्न नमिल्ने गीरीको प्रतिक्रिया थियो ।उहाले आइतबार राजश्व कार्यालय,उधोग बाणिज्य संघ लगायतका प्रतिनिधिहरुको उपस्थितीमा चेकजांच गरिने बताउने भयो । यस सम्बन्धमा उधोगपति निरन्जन अग्रवालसँग बुझन खोज्दा उहा सम्पर्कमा आउने चाहनु भएन ।उहाँको मोबाईल समेत स्वीच अफ गरिएको छ।

२०७९ फाल्गुन २७, शनिबार २२:२३ गते 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार