२०८० आश्विन ५ शुक्रबार

मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौँ

वीरगञ्ज –  वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ग्रेटर वीरगञ्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन यहाँका उद्योगी व्यपारीसँग आग्रह गर्नु भएको छ।

आइतबार आयोजित वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो आग्रह गर्नु भएको हो ।

यहाँको निजी क्षेत्रले करिब डेढ दशक पहिले नै ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको भए पनि उक्त अवधारणा अहिले सम्म नारामै सिमित रहेको गुनासो उहाँले गर्नुभयो ।

महानगर प्रमुख सिंहले ग्रेटर वीरगञ्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन निजी क्षेत्रले पहलकदमी लिए त्यसमा हातेमालो गर्न वीरगञ्ज महानगर तयार रहने प्रतिबद्धता पनि जनाउनु भयो ।

उहाँले भन्नुभयो ,‘ ग्रेटर वीरगञ्जको अवधारणा ल्याइएको करिब १५ वर्ष वितिसक्यो तर अहिले त्यसको कुनै अत्तोपत्तो नै छैन, त्यसकारण म यहाँका उद्योगी व्यवसायीलाई आग्रह गर्छु आउनुस् त्यो अवधारणालाई अब साकार परौँ, त्यसमा महानगर हातेमालो गर्न तयार छ ।’

अब आउने संघको नेतृत्वले यसका लागि पहलकदमी लिने अपेक्षा आफुले गरेको पनि उहाँले बताउनु भयो ।

महानगर प्रमुख सिंहले निजी क्षेत्रको साथ बिना वीरगञ्जको मात्र नभइ देशको विकास पनि सम्भव नभएको बताउनु भयो । त्यसैले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न उहाँले सरकारलाई आग्रह पनि गर्नुभयो ।

२०७९ फाल्गुन २८, आईतवार २०:४७ गते 1 Minute 444 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार