२०८० आश्विन ५ शुक्रबार

राधेमाईमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा साेमबार नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । रुंगटा वेलफेयर सोसाइटीको सहयाेगमा  ग्रिनसिटी सामुदायिक सेवा  केन्द्र आदर्शनगरले वीरगन्ज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पतालसँगको सहकार्यमा आयोजना गरेकाे शिविरमा २ सय ६० जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

शिविरमा सामुदायिक आँखा अस्पताल वीरगञ्जका मेडिकल संयोजक महेशसिंह धामी, प्रभु अस्पतालका डा. अस्लम अन्सारी लगायतले चेकजाँच गरेको दिलिपराज कार्कीले जानकारी दिए ।शिविरमा चेकजाँच गराएकाहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको कार्कीले बताए ।

शिविरमा प्रहरी निरीक्षक मनिषा लौडारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आसुतोष बहादुर शाही, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, सामाजिक अभियान्ता प्रकाश थारु, प्रभु अस्पतालका संजिब कुमार साह लगायतको उपस्थिती रहेको थियाे ।

२०७९ फाल्गुन २९, सोमबार १४:२९ गते 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार