२०८० आश्विन ५ शुक्रबार

ट्रयाक्टरको ठक्करबाट वृद्ध महिलाको मृत्यु

वीरगञ्ज – पर्सामा सोमबार दिउँसो ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा एकजना वृद्ध महिलाको मृत्यु भएको छ ।पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित सडकमा सोमबार दिउँसो मे. १ त ४८१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट साईकलमा सवार पर्साकै धोविनी गाँउपालिका वडा नम्बर ३ गुलरिया घर भएकी ७२ वर्षिय महेसीया देवी हजराको मृत्यु भएको थियो ।

दुर्घटनामा साइकल चलाउने महेसीया देवीका पति प्रसाद हजरा गम्भिर घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार चलिरहेको छ ।ट्रयाक्टर र त्यसका चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षिय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरिले जानकारी दिए ।

२०७९ फाल्गुन ३०, मंगलवार १०:३१ गते 1 Minute 67 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार