
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मा सोमवार ५ विघा ७ कट्ठा जग्गा, मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियोे ।
बुधबार ४ बिघा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरि संरक्षण गरिने पौडेलले बताए ।
बुधबार वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले अतिक्रमित जग्गाको स्थलगत अनुगमन पनि गरेका छन् । सिंहले अतिक्रमित जग्गाको अनुगमनपछि जिपिएस प्रबिधिबाट नाप नक्शा छुट्टयाइ घेरा गर्ने र थप अतिक्रमित जग्गाको खोजी अभियानलाई निरन्तरता दिने बताए ।
वीरगञ्जस्थित आइ सि पी को पश्चिम पट्टि रहेको जग्गा चाडै सार्वजनिक उपयोगमा ल्याउने पनि महानगरको तयारी छ । स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।
प्रमुख सिंहसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया, वडा नम्बर १७ का वडाअध्यक्ष सञ्जिव बहादुर क्षेत्री, महानगरका प्रेस सल्लाहकार महेश दास, प्रमुखको सचिवालयका हरि पोखरेल लगायतको सहभागिता रहेको महानगर प्रमुखका स्वकिय सचिव सत्यराज घिमिरेले जानकारी दिए । घिमिरेकाअनुसार नक्सा नापजाँच गर्नका लागि अनुगमनमा प्राविधिकहरुको टोली पनि पुगेको थियो ।
महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।