२०८० आश्विन ६ शनिबार

सत्ता गठबन्धन दलको बैठक निश्कर्षविहीन

काठमाडौं – सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो ।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको र अर्को बैठक बिहीबार बस्ने गरी आजको बैठक सकिएको एक नेताले बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।

२०७९ चैत्र १, बुधबार २१:३३ गते 0 Minutes 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार