
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी रामतुल्लहा मिया, चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिलास पुजालाई प्रहरीले पक्राउ गरेको हो । मिया अटोा चालक हुन् ।
बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोबाट प्रहरीले बिहीबार बिहान ५ बजे २६ किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।