२०८० आश्विन ५ शुक्रबार

विश्वकप लिग २ मा उत्कृष्ठ प्रदर्शन गरेका वीरगञ्जका २ खेलाडीलाई मेयर सिंहले गरे मोटरसाइकल पुरस्कारको घोषणा

वीरगञ्ज – विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख (मेयर) राजेशमान सिंहले पुरस्कारको घोषणा गरेका छन् । 

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप एक/एक थान मोटरसाईकल प्रदान गर्ने बताएका हुन् । 

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिँदै सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरबको विषय भएको पनि बताए ।

उनले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए । 

‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा कम्पनिको एफजेड-एफआई मोटरसाईकल एक/एक थान प्रदान गर्ने घोषणा गर्छु ।’ मेयर सिंहले एउटा प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी आरिफ र आसिफ सहोदर भाई हुन् ।

२०७९ चैत्र ३, शुक्रबार १७:३४ गते 1 Minute 717 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार