२०८० फाल्गुन १० बिहीबार

गृहनगरमा आरिफ र आसिफलाई वीरगञ्ज महानगरको भव्य स्वागत र सम्मान

वीरगञ्ज – आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगञ्जका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।

विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गृहनगर वीरगञ्जमा आइतबार आइ पुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख (ब्याट्सम्यान) र आसिफ शेख ( ब्याट्स म्यान तथा विकेट किपर) लाई वीरगञ्ज महानगरले भव्य स्वागत गर्दै सम्मानित पनि गरेको हो ।

आइतबार वीरगञ्ज महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोशल्ला ओढाएर स्वागत र सम्मान गरेका हुन् । मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोशल्ला ओढाएर सम्मानित गरे ।

त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुरयाउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगन्ज महानगरले यहि चैत १७ गते वीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।उक्त समारोहमै यसअघि वीरगञ्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने पनि उनले बताए ।

मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ वीरगञ्जका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगन्जवासीसंग आह्वान पनि गरे ।आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले वीरगञ्ज दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुरयाएर वीरगञ्ज महानगरको नाम पनि उँचो बनाएको बताए ।उनले वीरगञ्जका यी दुइ खेलाडी राष्ट्रकै गहना बनेका छन् , यिनीहरुको हौसला बढाउन वीरगञ्ज महानगरले कुनै कसर बाँकी राख्दैन ।

महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफुहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया दिए । आसिफले भने ,‘ गहृनगरमै यति भव्य सम्मान पाउदा खुशीले मन गदगद् भएको छ , आउने दिनमा देशको नाम रोशन गर्न अझ हौंसला थपिदिएको छ ।

सन्चारकर्मीलाई प्रतिक्रिया दिदै शेखद्वयका बुबा शेख सलामले आफना यी दुवै छोराले देशको नाम अझ उचाईमा पुरयाउदाँ आफु पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले भने,‘ मेरा यी दुई छोरा अब मेरो मात्रै छोरा रहेनन्, अब यिनीहरु यो देशकै छोरा भएका छन् ।

आइतबारको सम्मान कार्यक्रममा वीरगञ्ज महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण , वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया , सुरेश गुप्ता , जगत साह कानु लगायतको सहभागिता थियो।

२०७९ चैत्र ५, आईतवार १४:५८ गते 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार