२०८० आश्विन ५ शुक्रबार

प्रतिबन्धित लागु औषध ओनरेक्स सहित एक जना पक्राउ

वीरगञ्ज – प्रतिबन्धित लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १५, भिष्वा निवासी २० बर्षिय बलजित यादवलाई पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डमा शनिबार राति ९:३० बजेको समयमा भारत रक्सौलबाट वीरगञ्ज तर्फ जादैगरेको वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा चेकजाँच गर्दा लागु औषध ओनरेक्स १०० एमएल लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त ई-रिक्सा चालक यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध फेला परेपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । फेला परेकाे लागु औषध ओनरेक्स, ई-रिक्सा र ई-रिक्सा चालक यादव समेतलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

पक्राउ परेका यादवलाई लागु औषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।

२०७९ चैत्र ५, आईतवार २२:३३ गते 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार