२०८० फाल्गुन १० बिहीबार

नवदिप एकेडेमीमा दन्त शिविर सम्पन्न

वीरगञ्ज –  वीरगञ्जको भिस्वास्थित नवदीप एकेडेमीमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

महाविर केडिया डेण्टल कलेजसँगको सहकार्यमा नवदीप एकेडेमीद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँच जेकजाँच गरिएको हो । 

शिविरमा डाक्टर दिपु कुमार सहनी, बर्षा श्रेष्ठ, पूजा तिवारी, कृष्टिना गुरुवाचार्य, शुभा अधिकारी, सुधीर दास र खुश्वु साहले विद्यार्थीहरुको दाँत परीक्षण गरेको विद्यालयकी प्रधानाध्यापिका शुशिला साहले जानकारी दिइन् । 

यसअघि एकेडेमीले विद्यालयकी छात्राहरुको लागि किशोरी स्वास्थ्य एवम् महिनावारी र प्रजनन स्वास्थ्यका सम्बन्धमा पनि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो । 

२०७९ चैत्र ७, मंगलवार १८:५८ गते 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार