२०८० फाल्गुन १५ मंगलवार

वीरगञ्जकाे विकास बारे पूर्वमन्त्री यादव र मेयर सिंहले गरे प्रधानमन्त्रीसंग भेट

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)सँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटघाटका क्रममा वीरगञ्जकाे विकास र समृद्धिका लागि प्रधानमन्त्री दहालले सकारात्मक संकेत देखाएका छन् ।

पर्साबाट निर्वाचित सांसद यादवले वीरगञ्जकाे विकास र समृद्धिका लागि बाधक बनेका समस्याहरु समाधानका सम्बन्धमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । देशकै प्रमुख प्रवेशद्वार भएपनि सँधै राज्यबाट उपेक्षामा पर्दै आएको दुखेसो पोख्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

वीरगञ्जकाे विकासले देशको राजस्वमा पनि प्रभाव पर्ने हुँदा यहाँ विकासका योजना दिँदा कन्जुस्याई नगर्न मेयर सिंहको सुझाव छ । वीरगंजकाे विकासका लागि चाहिने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि प्रधानमन्त्री दहालले व्यक्त गरेका छन् ।

भेटघाटका क्रममा पूर्व मन्त्रीसमेत रहेका यादव, महानगर प्रमुख सिंहसहित जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद सा सोनार पनि उपस्थित थिए ।

२०७९ चैत्र ७, मंगलवार १८:३५ गते 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार