
वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट १ करोडभन्दा बढीको सामग्री नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डबाट प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा लोड रहेको २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।
बिलविजकभन्दा बढीको खुद्रा, हार्डवेयर तथा लत्ताकपडा बोकेको ट्रक वीरगञ्जबाट नेपालगञ्जतर्फ गइरहेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको हो । चेकजाँचको क्रममा ना.८ ख १६१३ र ना. ४ ख ३८३१ नम्बरको २ वटा ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीकाअनुसार नियन्त्रीत खुद्रा, हार्डवेयर तथा लत्ताकपडालाई १ करोड ११ लाख ९९ हजार ३९ रुपैयाँ मूल्यांकन गरिएको छ । आवश्यक कारवाहीका लागि बरामद सामग्रीसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।