
वीरगञ्ज – मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जमा १ जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लडेर १ जनाको ज्यान गएको हो ।
मोटरसाइकलको पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने ५० वर्षीय माला देबी मोटरसाइलबाट लडेर टाउकोमा चोट लाग्दा गम्भिर घाइते भएकी थिइन् । एल.एस. न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
गिरीकाअनुसार मृतकको लास जाँच एवम् प्रकृति मुचुल्का लगायतका कार्य सकेर पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक भारत विहार मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नम्बर ९ का २३ वर्षीय सचिन कुमारलाई नियन्त्रण्मा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।