
वीरगञ्ज – वीरगञ्जमा धितोपत्र कारोबारकर्ताहरुले प्रभातफेरी निकालेको छ । धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतनाका लागि प्रभातफेरीको आयोजना गरिएको हो । धितोपत्र वोर्ड, नेपाल राष्ट्र बेंक, नासा सेक्युरिटीज र प्रिमो सेक्युरिटिज लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा प्रभातफेरीको आयोजना गरेका हुन् ।
वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी मुख्यसडकको माईस्थान, लोहारपट्टी चोक, आदर्शनगर, घडिअर्वा चोक हुदै पुन घण्टाघरमा पुगेर सम्पन्न भएको थियो ।
देशमा देखा परेको आर्थिक संकट र बैंक तथा वित्तीय संस्थाहरुप्रति आम नागरिकहरुको धारणा नकारात्मक बन्दै गएको सन्दर्भमा धितोपत्र बजार र यसमा लगानीको अवसर र जोखिमहरुको बारेमा जानकारी गराउनका ‘ग्लोबल मनी विक’ अन्तर्गत प्रभातफेरीको आयोजना गरिएको नेपाल राष्ट्र बैंकका निर्देशक नरेश सर्राफले बताउनुभयो ।
धितोपत्र बजारको बारेमा केही व्यक्तिहरुमा मात्रै सीमित भएकोले यसको पहुँच बढाउन सबै नागरिकलाई जानकारी गराउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको नासा सेक्युरिटीजका सञ्चालक मुरली जालानले जानकारी दिनुभयो ।
प्रभातफेरीमा नेपाल राष्ट्र बैंकका निर्देशक नरेश सर्राफ, नासा सेक्युरिटीजका सञ्चालक मुरली जालान, प्रवन्धक जित दाहाल, प्रिमो सेक्युरिटिजका प्रवन्धक दीपक आचार्य लगायत विभिन्न शेयर लगानीकर्ता र कारोबारीहरुको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।