२०८० मंसिर १६ शनिबार

प्रहरीद्वारा घरेलु मदिरा बरामद गरी नष्ट

वीरगञ्ज – घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा सञ्चालन गरी चलाइरहेको अवस्थामा पकाहामैनपुरबाट एक हजार चार सैय पचास लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

आइतबार दिउँसो इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीकोको कमाण्डमा खटिएको १५ जनाको प्रहरीको टोलीले पकाहामैनपुर गा.पा. वडा नम्बर ३ र ४ बाट अवैध रुपमा सञ्चालन गरी चलाई रहेको रक्सीको भट्टीमा खान तलासी गर्ने क्रममा सो परिमाणको घरेलु मदिरा बरामद गरेको हो ।

प्रहरीका अनुसार रक्सी भट्टीबाट कच्चा पदार्थ १२०० लि, तयारी मदिरा २५० लि, स्टिलको भाँडो ४ वटा, प्लाष्टिकको भाँडो २० वटा समेत बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

उक्त बरामद गरिएका कच्चा पदार्थ र तयारी मदिरा स्थानीय मानिसहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।

२०७९ चैत्र १२, आईतवार २१:२५ गते 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार