
वीरगञ्ज – वीरगञ्जको भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) ले चालु आर्थिक वर्षको ९ महिनामा ८ करोड ६० लाखभन्दा बढीको भन्सार छलीका सामग्री भन्सार चलान गरेको छ ।
बिओपी प्रमुखको जिम्मेवारी सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टले सम्हालेसँगै उनकै कार्यकालमा ८ करोड ६० लाख २१ ह्जार ४ सय ४ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो ।
भन्सार छलेर अवैध रुपमा ल्याइएका ४ वटा ट्रक, विभिन्न किसिमका ४ पांग्रे सवारी साधन, लागूऔषध, लत्ताकपडा, हार्डवयर लगायतका सामग्री नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक भट्टले बताए । उनकाअनुसार चालु आर्थिक वर्षको साउन ३० गतेदेखि चैत १० गतेसम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वास्थित ईलका बिओपीले उक्त मूल्य बराबरको सामग्री भन्सार बुझाइएको हो ।
साथै भट्टकै नेतृत्वमा विभिन्न मिति र विभिन्न स्थानमा खटिएको गाडी र मोबाइल टोलीले ५ ओटा स्कार्पियो, सुमो गोल्ड, टाटा सफारी, हुण्डाई भेनु कार, सुजिकी कार, अटो तथा मारुती कारसहित १३ वटा चार पांग्रे सवारी साधन पनि भन्सार बुझाइएको छ ।
भट्टकै कार्यकालमा प्रतिबन्धित लागूऔषधसहित ३० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ । अवैध रुपमा आयातित हार्डवयर, लत्ताकपडा, विभिन्न किराना सामान नियन्त्रणमा लिएर राजस्व कार्यालय पथलैया बारामा बुझाइएको भट्टले जानकारी दिए ।
सशस्त्र प्रहरी निरीक्षक भट्टले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा हालसम्म सबैभन्दा बढी पुष महिनामा भन्सार छलीका सामग्री बरामद गरिएको छ । पुषमा मात्रै ३ करोड ८० लाख ८५ हजार १७ रुपैयाँ बराबरको सामग्री भन्सार बुझाइएको भट्टको भनाई छ । त्यस्तै मंसिर महिनामा १ करोड ७० लाख ५३ हजार ९९ रुपैयाँ बराबरको सामग्री भन्सार बुझाइएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म प्रतिबन्धित लागूऔषधसहित ३० जना पक्राउ परेका छन् । २ सय ३० ग्राम गाँजा, २५ एम्पुल फेनार्गन, ३५ एम्पुल नोरफिन, ३० पिस नाईट्रोभेट, १० एम्पुल अबोटो, २० बोत्तल कोडिवैल, मिट्राजेपाम १ सय ९० ट्याब्लेट र डाइक्लोमिनेफेन ५३ ट्याब्लेट बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
गत आर्थिक वर्षमा प्रतिबन्धित लागुऔषधसहित १८ जना पक्राउ परेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।