
वीरगञ्ज – प्रहरीले कालिकामाईबाट लागु औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। आफ्नै घरमा लुकाइ छिपाइ राखेको लागु औषध चरेश सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर १ तिनडुबिया बस्ने अन्दाजी ३८ वर्षका बृजेश प्रसाद कुर्मीले लागु औषध (चरेश) रहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला परेको हो।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले कुर्मीको घरकोठा खानतलासी गर्दा उनको घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ किलो ८०० ग्राम लागु औषध चरेश बरामद भएको थियो ।
पर्सा जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी गराए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।