२०८० मंसिर १६ शनिबार

म्याद सकिएको सामग्री रिप्याकिंग गर्ने वीरगञ्जको एक उद्योगमा छापा, ९५ लाख बराबरको सामान बरामद

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाकाे वडा न‌ं. १३ श्रीपुर स्थित एक उद्याेगमा प्रहरीले छापामारी गरेकाे छ । श्रवण रुंगटाकाे घरमा संचालन रहेकाे उद्याेगमा म्याद सकेकाे सामग्रीहरु पुन: नयाँ प्याकिङ हुने गरेकाे विशेष सूचनाकाे आधारमा प्रहरीले छापामारी गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्याेग वाणिज्य संघकाे संयुक्त टाेली पुग्दा एउटै घरमा स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. संचालन रहेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।विना हाेर्डिङ बाेर्डकाे एउटै घरमा गाेप्य तरिकाले संचालन रहेकाे उद्याेग र कम्पनीमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: नयाँ प्याकिङ गरी बजारमा बिक्री गर्ने गरेकाे फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ७ निवासी संजय अग्रवाल, साेही ठाउँ निवासी विद्या कुमारी सरावगी र भरतपुर ३ चितवन निवासी सन्ताेष कुमार अग्रवालले साे घरमा उद्याेग र कम्पनी संचालन गर्दै आएका छन् ।

तीनै जनाले संयुक्त रुपमा प्याकिङ गर्ने काम गर्ने उद्देश्यले राखि स्नेक एण्ड प्याक उद्याेग र सामान खरीद बिक्री गर्ने उद्देश्य राखि फुडकाे नेपाल प्रालि नामक कम्पनी दर्ता गराएर उद्याेगमा म्याद सकेकाे सामान प्याकिङ गरी कम्पनी मार्फत बिक्री गर्ने गरेकाे फेला परेकाे हाे ।

उद्याेगमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: प्याकिङ भइरहकाे फेला परेपछि उद्याेगमा कार्यरत ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १३ निवासी ३२ बर्षिय मनिष कुमार चाैधरी, वीरगञ्ज महानगरपालिका कै वडा नं. ७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगञ्ज महानगरपालिका कै वडा नं. १४ निवासी ३८ बर्षिय हरि नारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

उद्याेगमा म्याद सकेकाे अनुमानित ९५ लाख बराबरकाे खाद्य सामग्रीहरु फेला गरेकाे छ । उद्याेगमा छापामारी भएकाे थाहा पाए लगतै संचालकहरु फरार भएका छन् । उद्याेग संचालकहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

२०७९ चैत्र १४, मंगलवार १८:०३ गते 1 Minute 2869 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार