२०८० मंसिर १६ शनिबार

रास्वपाका प्रारम्भिक उम्मेदवार : तनहुँ- १ मा स्वर्णिम वाग्ले, बारा-२ मा रमेश खरेल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ ।बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावलीबारे सार्वजनिक गरेको हो ।

सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ । तनहुँ–१ का लागि भने स्वर्णिम वाग्लेसहित तीनजनाको नाम छ । वाग्लेसहित ईश्वर लामिछाने र डा रूपक विक घिमिरेले पनि तनहुँ–१ का लागि नाम दर्ता गरेका छन् ।

यस्तै बारा– २ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ। उनीहरूले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् । प्रारम्भिक उम्मेदवारीउपर चैत १७ गते बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने छ ।

२०७९ चैत्र १६, बिहीबार २३:३६ गते 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार