
वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला सचिवसहित दर्जनौं नेताहरुले डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।लोसपाका पर्साका जिल्ला सचिव राजनारायण मिश्रासहित दर्जनौँ नेताहरुले पार्टी त्याग्दै जनमतमा प्रवेश गरेका हुन् ।
वीरगञ्जस्थित क्लासिक बान्क्वेटमा शनिबार आयोजित कार्यक्रममा मिश्रासहित लोसपा महिला संगठनकी जिल्ला अध्यक्ष अञ्जना गुप्ता, वीरगञ्ज महानगर सचिव सञ्जय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद, मोबाइल एसोसिएशन पर्साका अध्यक्ष महादेव शर्मा, युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह, रेखा सरार्फ, विणा श्रीवास्तव,संजय वर्मा लगायत १२० जानाले जनमत पार्टी प्रवेश गरेको पार्टीका जिल्ला संयोजक ओमप्रकाश सर्राफले जानकरी दिए ।
नवप्रवेशीहरुलाई जनमतका जिल्ला इन्चार्ज माधव सिंहको र सर्राफले पार्टीमा स्वागत गरे ।जनमतले आज वीरगञ्जमा प्रेस जनमत संघ पनि गठन गरेको छ । स्थानीय सञ्चारकर्मी मुन्ना ठाकुरको अध्यक्षतामा ९ सदसिय संघ गठन भएको सर्राफले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।