२०८० मंसिर १६ शनिबार

एसएसपी जनक भट्टराईले सम्हाले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

वीरगञ्ज – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर प्रमुखको रुपमा एसएसपी जनक भट्टराईले मधेस प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनुभई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १६ गतेको पत्रादेश अनुसार प्रहरी प्रधान कार्यालय नक्सालबाट मधेस प्रदेश प्रहरी कार्यालयमा काज खटिएका एसएसपी भट्टराईले आजै कार्यभार सम्हालेका हुन् ।

एसएसपी जनक भट्टराई बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

२०७९ चैत्र १९, आईतवार १८:३१ गते 1 Minute 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार