
वीरगञ्ज – बिल बिजक भन्दा बढी समान लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा औषधीहरू लोड रहेको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा औषधीहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ लैजादै गरेको सूचना आधारमा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।
पर्सा प्रहरीले गत ०७ गते पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर ०८ घण्टाघर सडकखण्डबाट ना.५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
उक्त ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू आन्दाजी मुल्य ३८,८०,३८५।– (अड्तिस लाख असी हजार तिन सय पचासी ) बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज (आइतबार ) राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी गराए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।