२०८० मंसिर १६ शनिबार

सहकारी बलियो बनाउन महानगर तयार छ : नगरप्रमुख सिंह

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सहकारी बलियो बनाउन महानगरले नीतिगत तथा व्यवहारिक रुपमा काम अगाडी बढाएको बताउनुभएको छ । ६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दैनिक कमाएर जीवन निर्वाह गर्नेहरुको सहारा रहेको सहकारीलाई बलियो बनाउन महानगर सँधै तयार रहेको बताउनुभयो । 

तीन खम्बे अर्थ नीति अनुरुप सहकारी एक खम्बा रहेकाले यसलाई विश्वसनीय र सेवा चुस्त बनाउन सहकारीकर्मीहरुले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । 

कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलमले केही सहकारीका कारण समग्र सहकारी बदनाम हुनु पर्ने अवस्था अन्त्य गर्न सकारी संचालकले बदमासी गर्न नहुने बताउनुभयो । कार्यक्रममा नेफस्कुन तथा हरेराम पटेलले स्थानीय सरकारले सहकारी दर्ता गरिदिएर मात्रै नभई उनीहरुलाई प्रशिक्षण तथा नियमनमा अग्रसर भइदिनु पर्ने बताउनुभयो ।

कार्यक्रम अघि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ घण्टाघरबाट निस्केको प्रभातफेरी नगरपरिक्रमा पछि पुनः घण्टाघर पुगेर कार्यक्रममा परिणत भएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

२०७९ चैत्र २०, सोमबार ०९:५१ गते 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार